काठमाडौं । निर्वाचन आयोगले जारी गरेको काठमाडौं महानगरपालिकाको पहिलो आधिकारिक मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत पाएका छन् भने केशव स्थापितले ३१९ मत पाएका छन्।
कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ मत पाएका छन्।
राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत पाएका छन् भने विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत पाएकी छन्। हाल महानगरमा मत गणना जारी रहेको छ ।