काठमाडौँ । आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णय अनुसार आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ। अस्पतालमा आजबाट आइतबार र शनिबार आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द हुने भएको हो।
तर केही अस्पतालहरुले भने आइतबार पनि ओपिडी सेवा दिने निर्णय गरेका छन्। कर्णाली प्रदेश अस्पताल, कान्ति बाल अस्पतालले आइतबार पनि ओपिडी सेवा दिने निर्णय गरेका छन्।