रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी गिता बिष्ट चौलागाईं निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसलाई पछि पार्दै गाउँपालिकाको उपाध्यक्षमा उनी निर्वाचित भएका हुन् ।
नेपाली काङ्ग्रेसलाई २ सय ९२ मतले पछि पार्दै चौलागाई विजयी भएकी हुन् ।
उनी पालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएसँगै सोमबार नेताकार्यकर्ता तथा स्थानीयहरु खुसी भएर विजय जुलुस समेत निकालेका थिए ।