काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।
बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।
लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।
बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढि पाएका छन्।













