काठमाडौ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित बालेन्द्र साहले अबको पाँच वर्षमा आफ्नो एजेन्डालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
मेयरमा निर्वाचित भएको घोषणा गर्न निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उनले काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिबद्धता गरेका छन् ।
‘काठमाडौँ नगरबासीलाई हामीले परिवारको रुपमा लिएका छौँ । सधैँ परिवार थियौँ र परिवार नै रहेछौँ । अब हामी सबै मिलेर काठमाडौँलाई देशको मात्रै नभइ विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउन सबैले सहकार्य गर्नेछौँ ।’ उनले भने ।
उनले काठमाडौँ महानगरबासी सबैलाई धन्यवादसमेत ज्ञापन गरे ।