काठमाडौँ– तारा एयरलाइन्सले सम्पर्कविहिन जहाजका चालक दललगायत अन्य सबै यात्रुहरुको फोनसम्पर्क विच्छेद भएको बताएको छ । एयरलाइन्सका अनुसार, पाइलट तथा चालक दलका सदस्यलगायत जहाजमा सवार २२ जनाकै मोबाइल सम्पर्क टुटेको हो ।
एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्ताैलाले फोन लागिरहेको कुरा गलत रहेको बताएका छन् । ;हामीले २२ जनालाई नै फोन ट्राई गरिसक्यौँ । कसैको फोन लागेको छैन, नेपाल टेलिकमलाई बुझ्दा अन्तिम पटक लार्के भन्ने एरियामा ट्रयाकिङ भएको देखाएको मात्रै हो, ’एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्ताैलाले भने।
हवाईमार्गबाट उद्वारमा कठिनाई भएको र स्थलमार्गबाट गएको उद्वार टोली घटनास्थलसम्म नपुगेकाले घटनाबारे थप पुष्टि गर्ने तथ्य नभएको एयरलाइन्सले जनाएको छ ।