काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको आज एक वर्षे कार्यकाल पूरा भएको छ । एक वर्षअघि आजकै दिनमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चले परमादेश जारी गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णयलाई बदर गर्दे सर्वाेच्चले दिएको परमादेशलगत्तै दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाईप्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसै अवसरमा देउवाले आज आफ्ना कार्यकालमा भएका विवरणहरु सार्वजनिक गरेका छन् । जसमा पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रीक विधि र पद्धतीमा अघि बढाउन सफलदेखि क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णयलगायतका कुराहरु समेटिएका छन् ।
हेरौँ उनको प्रगति विवरणको पूर्णपाठ