२३ भदौ, २०८२ ,काठमाडौं-काठमाडौंको माइतीघर मण्डलामा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ।सोमबार माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन सुरू गरेका हुन।

प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन। प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए।
काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ।
उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन। कतिपय युवाहरू कलेज र स्कुल पोशाकमा समेत देखिएका छन।
उनीहरूको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछाने लगायतले ऐक्यबद्धता जनाएका छन।
भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलित नयाँ पुस्ताका युवा (जेनजी) हरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक लगाएका छन।
स्वत:स्फुर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले दल निकटका भ्रातृसंस्थालाई प्रदर्शनमा सहभागी हुन रोक लगाएका हुन।













