२१ असोज,काठमाडौं– देशभर बाढी र पहिरोका कारण पीडित भएका परिवारसहितलाई राहतलगायतका विषयमा निर्णय लिन मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक तय भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक बस्ने तय भएको छ।
राष्ट्रिय परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा महत्त्वपूर्ण निर्णय गर्नेछ।
पछिल्लो अविरल वर्षापछिको बाढी र पहिरोका कारण ६० जनाको मृत्यु भइसकेको छ। केहि स्थानमा खोज उद्धारको कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।












