Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

सुनाैलाे पाना  सुनाैलाे पाना
मंसिर २५, २०८२
in FEATURE, मुख्य समाचार
0
एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
Share on FacebookShare on Twitter

२५ मंसिर २०८२,काठमाण्डौ-एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या एक वर्षमै २० हजार पुगेको छ ।

पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बसोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरूपमा फर्काइएको छ । दरबारका झ्याल ढोका पुरानै स्वरूपमा बनाइएका छन् भने रङ रोगन र मर्मतपछि  चिटिक्क बनाइएको छ । दरबार क्षेत्रमै तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको हो ।

गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार संरक्षणसँगै पर्यटक आकर्षण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरत बम मल्लका नाति मञ्जेश बम मल्लले बताए । उनले पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गर्दा गत वर्ष मात्र २० हजारले दरबार अवलोकन गरेको बताए । दरबारमा तस्बिर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको संख्या दैनिक रूपमा बढ्दै गएको मल्लले जानकारी दिए ।

मल्लसहितका चार युवाले रु. ५० लाख लगानीमा यहाँ रेष्टुराँ सञ्चालनमा ल्याएका छन् । दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरत बमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिइएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा सोही दरबारमै मारिएका थिए ।

विसं २०५९ वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौँमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो समय नाति मन्जेशले दरबारको संरक्षण गरेपछि पर्यटकहरू आउने क्रम क्रमशः बढिरहेको छ ।

Previous Post

“२२ औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस”को अवसरमा रामेछाप सुनापति १ द्वारा १६ जना स्वास्थ्य स्वंयसेविका सम्मानित

Next Post

सम्बन्धितपाेस्ट

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा
FEATURE

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा
FEATURE

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा
FEATURE

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा
FEATURE

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा
FEATURE

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२
हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा
FEATURE

हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा

पुस ३०, २०८२
Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    300 shares
    Share 120 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 109 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    254 shares
    Share 102 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist