माघ १,२०८२ बिहिवार- नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसजस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएकोबताएका छन।
काठमाडौंको भृकुटिमण्डपमा जारी महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तोबताएका हुन। उनले पार्टी सभापतिको रुपमा काँग्रेस नेता कार्यकर्ताको शिर निहुरिन नदिने संकल्प पनि गरे। उनले पार्टीका सदस्यहरुको आत्मसम्मान र अभिमत जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए। उनले पार्टी नफुटेको स्पष्ट पार्दै कसैले पनि यस्तो कुरा नगर्न आग्रह गरे। १४ औँ महाधिवेशनमा निवर्तमान सभापति देउवालाई चुनेका प्रतिनिधिहरुले नै आफूलाई सभापतिमा चुनेको उल्लेख गर्दै पार्टी विभाजित नभएको स्पष्ट पारे।
उनले भने, ‘नेपाली काँग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ। यो सानो जिम्मेवारी होइन । म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ। कसैको पनि शिर झुक्न दिने छैन । नेपाली काँग्रेसको शान राख्छु ।’
सभापति थापाले निर्वाचन आयोगले विशेष महािधवेशनलाई वैधता दिनेमा विश्वस्त रहेको पनि बताउनुभयो। उहाँले संविधानले चिनेको निर्वाचन आयोग कुनैपनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने ठुलो विश्वास राखेको पनि बताउनु भयो।
उनले भने, ‘हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनैपनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने ठुलो विश्वास छ । निर्वाचन आयोगले प्रचलित कानून, पार्टी विधान र परम्परा हेर्छ । विधानमा प्रतिनिधिभन्दा माथि अरु कुनै संरचना भनेको छैन ।’
गगनले सभापति देउवालाई सक्रिय राजनीतिबाट विदा लिनुपर्ने अडान दोहोर्याय।













