माघ १,२०८२ बिहिवार- नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गनगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट मुक्त भएको घोषणा गरेका छन।
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन। आजैदेखि पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए।उनले पार्टी गुटमुक्त होस् भन्ने पार्टी कार्यकर्ताहरुको वर्षौंको चाहाना आज आएर पूरा भएको जिकिर समेत गरे।
उनले भने, ‘नेपाली काँग्रेस पार्टी आजदेखि सबै खाले परिवारवादबाट मुक्त भयो । सबै गुटबाट पनि मुक्त भयो। अबदेखि काँग्रेसमा कोही ६० पनि छैन । कोही ४० पनि छैन। हामी सबै एउटै हो। यहाँ कसैले कसैलाई चिन्दैनन् । गुटहरु मासियोस् भन्ने कुरा जुन तपाईहरुले चाहानुभएको थियो। त्यही कुरा आज हामीले पूरा गरेका छौँ। ’
सभापति थापाले पार्टीलाई एकतावद्ध बनाउँदै सबै नागरिकको आफ्नो पार्टी बनाउन प्रयासरत रहने प्रयत्न गरे।













