चैत ५,२०८२,बिहिवार,धनगढी- कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन।
गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको बताए।
श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीको भनाइ छ। घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
मृतक संजिताको शव घटनास्थलमै रहेको छ। माइती पक्ष आएपछि उठाइने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरेको डीएसपी तिमिल्सिनाले बताए।






