काठमाडौँ – इलाममा चिया खेती समाल्दै आएका छन् नरेन्द्र कुमार गुरुङ। उनी बगानमा चिया फलाउने देखि आफ्नै फ्याक्ट्रीमा प्रसोधन समेत गर्ने गर्छन।
उनीसँग ९७ वर्ष देखिको चियाको पुरानो चियाको बोट छ। उनका हजुरबुबाले कलकता देखि ल्याएका त्यो बेलाको विरुवाबाट सुरु भएको चिया खेतीबाट उनीसँग विभिन्न प्रजातिका चिया छन्।
चियाको पात एउटाबाट अनेक प्रकारको चियापति बन्ने उनको भनाई छ। उनले भने, ‘नर्मल टी’,गोल्डेन टी, ग्रीन टी, सिल्भर टी र व्हाइट टी हामीले बनाइ रहेका छौं तर यसको प्रक्रिया भने भिन्न-भिन्न हुन्छ।
चिया खेतीबाट राम्रो आयआर्जन हुने उनले बताए। उनीसँग सस्तो देखि अति नै महँगो पर्ने चियापति समेत पाइने गर्छ।
विस्तृत जानकारीका लागि हेर्नुहोस भिडियो :