काठमाडौं—नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा बुधबार मात्र १ हजार ८ सय ७८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ५ सय ७०, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या १ लाख ४४ ह्जार ८ सय ७८ पुगेको छ।