काठमाडौं—नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १०३८ जनामा कोरोना संक्रमण पाइएको छ । यससँगै नेपालमा हालसम्म २ लाख १२ हजार ९ सय १७ केस पुगेको छ । बुधबारमात्र ६ हजार ७ सय ३१ जनाको पिसिआर परीक्षण भएको हो ।