२७ वैशाख, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।
बोर्डले यसअघि नै एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका सार्वजनिक गरेको थियो ।
अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय रहेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।