रामेछाप- रामेछापमा एमालेबाट बिद्रोह गर्नेहरुको क्रम निरन्तरनै छ। एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै देशैभरबाट एमालेबाट बिद्रोह गरि विभिन्न नेता कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश गर्ने लहर चलिरहेका बेला पार्टी फुटको समय देखिनै रामेछापमा पनि यो क्रम निरन्तर रहेको छ। बिशेषगरि एमालेबाट बिद्रोह गरेका नेता तथा कार्यकर्ताहरु अन्य पार्टीमा भन्दा नेकपा (एकीकृत समाजवादी) मा पार्टी प्रवेश गरि विभिन्न संगठन तथा कमिटि बिस्तारमाआबद्द हुने क्रम बढ्दो रुपमा देखिएको छ।
राजधानीमा पुस १७ गते एक कार्यक्रम आयोजना गरि रामेछाप जिल्लाको सैलुङ दोरम्बा गाउँपालिका, खाडादेबी गाउँपालिका र उमाकुण्ड गाउँपालिकाका एक दर्जन बढी युवाहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन। एमालेको साधारण सदस्य हुदै पार्टी सदस्यदेखि विभिन्न संगठन र कमिटीमा रही भूगोलमा समेत सक्रिय भूमिका निभाउदै आएका ति युवाहरु एमालेमा बिद्रोहगरि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन।
निरन्तर नेकपा एमालेको पार्टीको र जनताको बहुदलिय जनवादको पक्षमा वकालत गर्दै आएको तर पार्टीको नेतृत्व केपी ओलिले पार्टिलाई बिधि र बिधान बिपरित अकलौटि ढंगले चलाउन खोजेको र एमालेलाई दक्षिणपन्थी अवसरवादको भासमा डुबाउदै लानुकोसाथै माक्सवाद लेनिनवादका मुलभूत सिदान्तलाई परित्याग गरेको र पार्टी पार्टी नभई व्यक्तिवादी चिन्तनले ग्रसित भएकोले अबका दिनदेखि नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरि नेकपा (एकीकृत समाजवादी) मा आबद्द भई पार्टीले दिएको जिम्मेवारी ईमान्दारितापुर्वक निभाउनेगरि ति युवाहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेको नेकपा (एकीकृत समाजवादी रामेछाप जिल्ला ईञ्चार्ज देव शंकर पौडेलले सुनौलोपानालाई जानकारी गराए।
नव प्रवेशी युवाहरुलाई जिल्ला पार्टी ईञ्चार्ज देव शंकर पौडेलले स्वागत गरेका हुन।रामेछापमा संगठन र कमिटि बनाउने क्रम निरन्तर रहेको र जनताको सुख दुखमा साथ दिन निरन्तर लागि परेको समेत ईञ्चार्ज पौडेलले बताए। उनले थप्दै भने “आफ्नो अन्तिम सास रहुनजेलसम्म पनि जनताको हक र हितकोलागि लडिरहनेछौ।”
एमाले बिद्रोहगरि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका व्यक्तिहरुको प्रेस वक्तब्य निम्न रहेको छ।







