काठमाण्डौ-उत्साहजनक उपस्थितिको साथ अनेरास्ववियू बागमती प्रदेश कमिटीको बैठकले आगामी माघ १५ गते भित्र प्रदेश भरीका सबै जिल्लाहरुमा कमिटीहरु ब्यबस्थित रुपमा गठन गर्ने र माघ महिनाको २८-२९ गते मकवानपुरको हेटौंडामा भब्यताका साथ ऐतिहासिक रुपमा प्रदेश अधिबेशन गर्ने निर्णय गरेको छ।
अनेरास्ववियू केन्द्रिय सचिब बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको अध्यक्षतामा संचालन गरिएको उक्त बैठकमा प्रमुख अतिथिको रूपमा नेकपा (एकीकृत समाजवादी)केन्द्रिय स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष क.साबित्रा भुसाल,विशेष अतिथि नेकपा(एकीकृत समाजवादी )केन्द्रिय सदस्य,बागमती प्रदेश सचिव तथा बागमती प्रदेश विद्यार्थी इन्चार्ज क.लक्ष्मण लम्साल,अतिथि अनेरास्ववियू केन्द्रिय अध्यक्ष क.सुदेश पराजुली,उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज क.यसु लामा , उपाध्यक्ष क.माधब पन्त लागाएतका नेतृत्वहरुको उपस्थितीरहेको थियो। बैठकमा उपस्थित सबै कमरेड हरुलाई हार्दिक धन्यवाद साथै बैठकलाई मर्यादित र ब्यबस्थित रुपमा संचालनको लागि अनेरास्ववियू केन्द्रिय सचिब क.उत्तर खड्काले सहयोग गरेका हुन।
गत पुस १५ गते बानेश्वर क्याम्पसमा उक्त बैठक सम्पन्न भएको हो।