२६ पाैष, रामेछाप- नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको मन्थलि नगरपालीका वडा नं ८ चिसापानीमा वडा नं ८ को वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ।
नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको ईञ्चार्ज देव शंकर पौडेल, जिल्ला कमिटि अध्यक्ष तथा मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत, सचिव ललसिङ घिसिङ,उपसचिव दिपक बुढाथोकी लगायत पार्टीका अन्य नेता कर्यकर्ताकोसाथै स्थानीयको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा होम बहादुर श्रेष्ठको अध्यक्षतामा २३ सदस्य वडा कमीटी गठन भएको छ।
नेकपा (एकीकृत समाजवादी) रामेछापले यो सहित ३८ वडा कमिटी गठन गरिसकेको छ।