२३ चैत्र २०७८ काठमाण्डौ– नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सुनापति गाउँपालिकाको तेस्रो पूर्ण (चुनावी) बैठक बसिरहेको अवस्थामा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा कमला तामाङ दाबेदारमा दिएकि छिन।
तामाङ नेकपा (माओवादी केन्द्र) रामेछाप जिल्लाको महिला संयोजकको रुपमा कार्य गर्दै आईरहेकी छिन। समग्र गाउँपालिकामा महिला हक हित र अधिकारको साथै गाउँपालिकाभरिकै सम्पूर्ण जनताको हित अनुरुप कार्यमा अग्रसर रही काम गर्ने र समग्र विकास निर्माणको कामलाई पनि जोड दिने बताउदै आफु सुनापति गाउँपालिकाको उपाध्यक्ष पदको दाबेदार रहेको सुनौलोपानालाई जानकारी गराईन।