रामेछाप – रामेछाप जिल्लाको सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयले मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण गरेको छ। शनिबार वडा अध्यक्ष बाबुराम तामाङद्वारा स्थानीयबासीन्दाहरुलाई मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण गरेको हुन्।
कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ ।
गाउँपालिकाको कार्यालयले लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको वडा अध्यक्ष तामाङले बताए ।