Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

मृत्यु ! यो नै अन्तिम होस्

सुनाैलाे पाना  सुनाैलाे पाना
जेष्ठ ४, २०७७
in FEATURE, समाचार
0
मृत्यु ! यो नै अन्तिम होस्
197
SHARES
Share on FacebookShare on Twitter

– डम्बर बिक्रम कार्की


नेपालमा २०७६ को माघ महिनाको पहिलो साता नै कोरोना संक्रमित व्यक्ति फेला परेको थियो। निजको स्वाब टेस्ट गर्न बिदेश पठाइएको थियो। उनी छिमेकी देश चिनबाट फर्किएका व्यक्ति थिए।

विश्व स्वास्थ्य संगठनले पनि नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ आवश्यक स्वास्थ्य सामाग्री र पर्याप्त खाद्य सामग्रीको जोहो गर्नु भनेर नेपाल सरकारलाई सचेत गराइरहेको थियो। नेपाली जनता र विषय विज्ञहरुले पनि कोरोना संक्रमणबाट बच्न आवश्यक प्रबन्ध गर्दै गर्नु है सरकार भनेका भन्यै थिए। तर सरकारले सुनेकै रहेनछ।अझ पर्यटन मन्त्री त कोरोना सहरमै पुगेर हाम्रो देश नेपाल कोरोना मुक्त छ। नेपाल भ्रमणको निम्तो छ भनेर निम्तो पो बाँड्दै थिए।

जनताहरु सरकारलाई भन्दै थिए कि: सरकार! नेपाल आउन चाहने बिदेशमा रहेका आफ्ना नागरिकको उद्धार गरी क्वारेन्टिनमा राख र आवश्यक औषधोपचार गर। देशका प्रमुख शहरहरुमा रहेका नागरिकहरुलाई स्वास्थ्य परीक्षण गराई सुरक्षित तरिकाले आ-आफ्नो घर पठाउने प्रबन्ध गर। अन्तर्राष्ट्रिय उडान बन्द गर।सीमा क्षेत्र सिल्ड गर। दैनिक ज्यालादारी मजदुरको विवरण संकलन गरी खाद्य सामग्री, स्वास्थ्य सामाग्री सहितको विशेष आर्थिक प्याकेजको प्रवन्ध गर। पर्याप्त खाद्य सामग्री तथा स्वास्थ्य सामाग्रीको भण्डारण र सर्वसुलभ तथा   सहज वितरणको व्यवस्था गर। कालाबजारी अन्त्य गर।तीनै तहको सरकारलाई सक्रिय बनाऊ।   पर्याप्त क्वारेन्टिन र भेन्टीलेटर सहितको आइसोलेशनको व्यवस्था गर। बिरामी फर्काउने प्राइभेट हस्पिटललाई राष्ट्रियकरण गर। गैरकोभिड रोगको उपचार पनि सुचारु राख।यो  कोरोना युद्धको अग्र मोर्चाका योद्धा मानिने स्वास्थ्यकर्मीहरु लगायत एम्बुलेन्स ड्राइभर र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्तासहित पीपीई सहित अन्य आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराऊ। संचारकर्मीलाई पनि उक्त पीपीई उपलब्ध गराई अनिवार्य गराऊ।

स्वास्थ्य सतर्कता र व्यक्तिगत दुरी कायम राखी महत्वपूर्ण औधिगिक क्षेत्र तथा व्यावसायिक क्षेत्र र कृषि क्षेत्रमा जनजीवन सामान्य पार। जनतालाई बजार जान रोक। अनलाइन सपिङ् र इ-बैकिङ्गको प्रवन्ध गर।तत्काल आवश्यक निर्णय गर्नसक्ने गरी विषय विज्ञहरुको कमाण्डमा यो कोरोना युद्ध हाँक। त्रास फैलाउने र नकारात्मक सन्देश दिने खाले समाचारमा रोक लगाऊ। हौसला बढाउने र सतर्कता बढाउने खाले सन्देश मात्र प्रशारण गर। राहत प्याकेज सहितको बजेट घोषणा गर।

तर सरकारले जनता र विषय विज्ञहरुले दिएका माथि उल्लिखित राय,सल्लाह र सुझावलाई टेर पुच्छर लगाएन। बरु लकडाउनको आदेश नै यसको अचुक ओखती हो भनेको जसरी आवश्यक प्रबन्ध गर्न छोडेर लकडाउनको अवधि बढाउन मात्रमै तल्लीन देखिन थाल्यो।
जान्नु न तान्नु आफैं सर्वविज्ञ बनेर एकपछि अर्को गलत निर्णय गर्दै जान थाल्यो। राहत वितरणका नाममा असुरक्षित भीड जम्मा गर्ने,उद्धारको नाममा असुरक्षित तवरले नागरिकको ओसारपसार गर्ने, अव्वहारिक तौर तरिकाले बिना परिक्षण सवारी पास उपलब्ध गराउने, आरडीटी जस्तो अविश्वसनीय कीटबाट टेस्ट गरी परीक्षणको दर बढेको बेतुकको घोषणा गर्ने, अति नै विश्वसनीय र भरपर्दो पीसीआर टेस्टको दायरा नबढाउने बरु कोरोना संक्रमण फैलिन नदिन सफल भइयो भनेर आत्मरतिमा रमाउन सरकार तल्लीन भयो।जनतालाई लकडाउनको डण्डा देखाउदै विपत्तिमै छोडेर सत्ता स्वार्थमा रमाउन थाल्यो। सरकारलाई त यो कोरोना अनि लकडाउन आफ्नो अयोग्यता लुकाउन रक्षा कवच नै सिद्ध भयो। हामी सर्वसाधारण जनताको लागि काल भयो।

परम्परागत एकान्त बास बस्ने ठाउँ( Isolation cabin) लाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाउँनुको सट्टा उल्टै छाउपडी प्रथाको उन्मूलनको नाममा भत्काउँदै डलर पचाउँदै जाने दुष्टहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल( Teaching Hospital) महाराजगञ्ज लगायतका हस्पिटललाई उहिल्यै अव्यवस्थित कसाइखानामा रूपान्तरित गरिसकेका रहेछन्।

बाहिर बाहिर जनतालाई कोरोना संक्रमणबाट बचाउँन लकडाउन गरिएको भनिएको थियो। तर भित्र भित्रै माफियाहरुको मिलेमतोमा भ्रष्टाचार गर्ने मात्र होइन कुर्सी जोगाउन विकृत र कुरुप तरिकाले घिनलाग्दो राजनीतिक खेल खेलिंदै थियो। जनताको ज्यान बचाउन भनेर गरिएको लकडाउनको १ महिना १२ दिन बितेपछिको समयमा हस्पिटलमै सुत्केरी हुनुभएकी तपाईंलाई हस्पिटलले कोरोना परीक्षण गर्ने जरुरत नै ठानेनछ। ८०-८५% व्यक्तिमा कोरोनाको लक्षण नै नदेखिन पनि सक्छ भन्ने कुरा पनि बिर्सिएछन् क्यारे डाक्टर भनाउँदाहरुले। फेरि सुत्केरी,बृद्धबृद्धा र दीर्घरोगीहरु कोरोनाको उच्च जोखिममा हुन्छन् भन्ने पनि बिर्सिएछन् क्यारे। भीआईपीहरुलाई परीक्षण गर्ने त्यो पीसीआर नामको ठाँडो तपाईंको लागि उपयोग हुन सकेनछ। हामी सर्वसाधारण जनताको अनाहकमा ज्यान जाने रहेछ।

प्रशव पीडालाई जितेर नयाँ जीवन पाउँन त सफल हुनुभएको रहेछ तर दुष्टहरुको अव्यवस्थित र असुरक्षित स्वास्थ्य सेवाको कारण कोरोनालाई जित्न सक्नु भएनछ।अन्त्यमा सायद निर्रथक लकडाउनको सिकार हुनुभएछ। यस्तै अव्यवस्थित लकडाउनकै सेरोफेरोमा नजाने अझै कति जनाको ज्यान जाने हो थाहा छैन। माफियाहरुको धनराशी बढ्दै गइरहेको छ। सामान्य जनताको जनजीवन कष्टकर बन्दै गएको छ। पोषिलो चीज त परै जाओस् एक पेट रुखोसुखो खान पनि हम्मेहम्मे पर्दै गएको छ।

अरू देशले आफ्ना नागरिकलाई लकडाउनको आदेश मात्र दिएका छैनन् विशेष राहत प्याकेज पनि दिएका छन्। ती देशमा रोगले मर्नु अलग्गै होला भोकले मर्नुपरेको छैन। यता हाम्रो सरकारले पनि लकडाउन त गरेको छ तर राहतको सट्टा आहत प्याकेज ल्याएको ल्यायैछ। सावित्री चालिसे बहिनी, तपाईं अहिले त एक्लै नवजात शीशुलाई र हामी सबैलाई छोडेर जानुभयो। तपाईंको बैकुण्ठमा बास होस्। तपाईंको आत्माको चीर शान्तिको कामना गर्दछु। तपाईंले कालसँग जितेर यो धर्तीलाई छोडेर गएको ती ११ दिने नवजात शीशु पनि अस्वस्थ भएको सुनेको छु। उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु। साथै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। शोकलाई शक्तिमा बदल्ने उर्जा प्राप्त होस्। तपाईंको देहान्तसँगै तपाईंमा आश्रित परिवारजनमा अब आइपर्ने पीडा र तपाईंले छोडेर जानुभएका ती लालाबालाको भविष्य सम्झँदा मात्र पनि गहभरि आँसु हुन्छ।भोग्नेले झन् कसरी भोग्ने हुन् थाहा छैन।

सावित्री बहिनी तपाईंको ज्यान कोरोनाको कारणले भन्दा पनि सरकारको स्वास्थ्य सेवा क्षेत्रमा भएको चरम् लापरबाहीका कारण गएकोमा कम्तीमा म चाहिँ प्रष्ट छु। तपाईं अहिले त एक्लै जानुभयो। सरकारी लापरबाही यस्तै भयो भने नजाने कतिले तपाईंलाई पछ्याउँनु पर्ने हो थाहा छैन।तपाईंको बैकुण्ठ यात्रामा कोरोनाकै कारण अरुले साथ दिन नपरोस् भन्ने प्रार्थना पनि गर्दछु।नेपालमा कोरोनाको कारण तपाईंको देहान्त नै अन्तिम बनोस् यही कामना गर्दछु। हस्पिटलमै सुत्केरी हुनुभएकी तपाईंको कोरोनाको कारणले भएको मृत्युले सरकारी अयोग्यता र लापरबाहीको पराकाष्ठालाई बेनकाव त पारिदियो तर यससँगै कैयन् कठिन सवाल पनि खडा गरिदिएको छ।

सरकारको निरर्थक लकडाउनले तपाईंलाई बचाउन सकेन।तर स्वास्थ्य सेवा चुस्त दुरुस्त भैदिएको भए पक्कै तपाईंको ज्यान बाँच्थ्यो। गर्भावस्थाको करिब अन्तिम चरणबाट गुज्रिरहनु भएकी तपाईंलाई कमजोर आर्थिक अबस्था वा यही लकडाउनको कारण आवश्यक पोषिलो खानेकुरा नै पो पर्याप्त थिएन कि? वा अन्य कुनै कारणले शारीरिक कमजोरी बढ्दै गएको थियो कि थाहा भएन तर रोगप्रतिरोधी क्षमतामा ह्रास आउँदै गएको चाहिँ रहेछ र त कोरोनालाई जित्न असफल हुनुभयो। सायद तपाईंले पनि आफ्नो जस्तो पीडा अरुले भोग्न नपरोस् भनेर पक्कै भन्नुभयो होला देहान्त भन्दा अघि। म पनि अब तपाईंले जस्तो दु:ख र अभाव अरु कसैले पनि भोग्न नपरोस् भन्ने कामना गर्दछु।

सिन्धुपाल्चोक जिल्लाकी सावित्री चालिसे बहिनीलाई हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। अलविदा।

Previous Post

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

Next Post

१८ बर्षीय युवतीले दिईन बेवारिसे लाशलाई दागबत्ती, साहसी नेपाली चेली सपना रोका मगर

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
१८ बर्षीय युवतीले दिईन बेवारिसे लाशलाई दागबत्ती, साहसी नेपाली चेली सपना रोका मगर

१८ बर्षीय युवतीले दिईन बेवारिसे लाशलाई दागबत्ती, साहसी नेपाली चेली सपना रोका मगर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist