काठमाडौँ – नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले बाँकेका २५ वर्षीय युवकको कोरोनाको कारण मृत्यु भएको जनाएका छन्।
उनको अनुसार भारतबाट नेपाल आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो। उनको आइतबार विहान निधन भएको हो। हाल प्राप्त पिसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो।
रोजगारीका शिलशिलामा मुम्बई पुगेका उनी ३० बैशाखमा भारतबाट नेपाल फर्किएका थिए । भारतबाट फर्केपछि मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यसअघि बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २ पुगेको छ ।