२४ जेष्ठ २०७९ रामेछाप-रामेछापको सुनापति गाउँपालिका वडा न.१ गुन्सिको टारमा बोन धर्म गुरु न्हरु बोनको मुर्ति उद्घाटन भएको छ।नेपाल झाक्रि संघले मंगलबार एक कार्यक्रम आयोजना गरि उक्त मुर्तिको उद्घाटन गरेको हो।कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनपतिमा नेपालमै पहिलो पटक बोन गुरु न्हरु बोनको मुर्ति निर्माण भएकोमा खुशी ब्यक्त गरे साथै बोन धर्म संरक्षण हुनु पर्ने र यसकोलागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे।साथै मुर्ति निर्माण स्थलमा थप संरचना निर्माणकोलागि आवश्यक बजेट जुटाउनमा सहयोग गर्ने बताए।
संबृद्द सुनापति निर्माणकोलागि धार्मिक र पर्यटकीय संरचनाको ठुलो महत्व रहेको र आगामी दिनमा पनि यस्ता किसिमको धार्मिक र पर्यटकीय संरचना निर्माणमा जोड दिने अध्यक्ष तामाङले बताए।