Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

सुनाैलाे पाना  सुनाैलाे पाना
असार २८, २०७९
in FEATURE, समाचार
0
बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’
154
SHARES
Share on FacebookShare on Twitter

काठमाडांै – कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् ।

असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो ।

प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए ।

गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्न खप्पीस स्रष्टा हुन् । नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले आठवटा एल्बम ल्याइसकेका छन् । कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा सहरमा गीत तथा कविताका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका छन् । उनलाई देशको समृद्धिका निम्ति गरेका योगदानका कारण स्वदेश तथा विदेशका महत्वपूर्ण सम्मान तथा पुरस्कारहरु प्राप्त भइसकेका छन् ।

नेपाली गीतसंगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित रहेका चौधरीको गीतकारिताको उच्च सम्मान गर्दै २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’बाट उनलाई सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ ।

सो समारोहका बीच गुठीले २०७६, २०७७ र २०७८ सालका छनौट भएका स्रष्टा तथा सर्जकहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरु पनि प्रदान गरेको थियो ।

२०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छिन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ ।

यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छिन् ।

२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएकी गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए ।

Previous Post

जम्मु– काश्मीर सुरक्षा कारबाहीमा दुई आतङ्कवादी मारिए

Next Post

राष्ट्रियसभा : वामदेव गौतमद्वारा सदनमा उपसभामुख र उपाध्यक्ष नभएकामा ध्यानाकर्षण

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
अन्योलमा वामदेवको मन्त्री बन्ने सपना

राष्ट्रियसभा : वामदेव गौतमद्वारा सदनमा उपसभामुख र उपाध्यक्ष नभएकामा ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist