काठमाडौँ– काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले वडास्तरमा मेलमिलाप कक्ष स्थापना कार्य तत्काल थालिने बताएकी छन् । आज महानगरको न्यायिक प्रणाली निरीक्षणका क्रममा महानगरको योजना सुनाउँदै उपमेयर डंगोलले जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश राजकुमार खतिवडालाई सो जानकारी गराएकी हुन् ।
‘मेलमिलाप कक्ष स्थापना गर्न ठाउँ भएका वडामा तत्काल काम थालिनेछ । सबै वडामा पर्याप्त स्थान नहुन सक्छ । यस्ता वडामा क्रमशः कक्ष निर्माण गएर १ बर्षभित्र सबै वडाबाट मेलमिलापका माध्यमबाट स्थानीय विवाद निरुपणको काम थालिनेछ’, उनले भनिन्, ‘सकेसम्म कसैले मुद्दा बोक्न नपरोस् । यदि कुनै कारण विवाद सृजना भयो भने चुस्त, छिटो र छरितोमाध्यमबाट वडामै मेलमिलाप गराउन सकियोस् भनेर प्राथमिकताका साथ संस्थागत संरचना बनाउँदैछौ ।’
विगत अनुभव र सिकाइबाट न्याय प्रणालीलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाई छ ।