काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पैदल यात्रुलाई असर पर्ने गरी जथाभावी निर्माणका सामाग्री राख्नेलार्ई कारवाही गरेको छ । महानगरले काठमाडौँ–११ का बिक्की साहलाई पैदल यात्रुलाई असर पर्ने गरी बाटोमा जथाभावी निर्माण सामाग्री राखेको भन्दै ५ हजार जरिवाना तिराएको हो ।
महानगरका अनुसार, जनसमुदायबाट आएको गुनासालाई सम्बोधन गर्दै उक्त कारवाही गरिएको हो । कारवाही बाध्यता भएको र जनगुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सँधै कायम रहेको महानगरले जनाएको छ ।