काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा पुरानो सिनेमा हल क्षेत्रनजिक भिषण आगलागी भएको छ । भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी भएको हो ।
हाल दमकल, सुरक्षाकर्मी र स्थानीय आगो नियन्त्रणमा लिने प्रयासमा छन् । क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएका छन् ।




