काठमाडौँ– नेपालको सुनकोशी जलविद्युत् परियोजनाका लागि आवश्यक छलफल भएको छ । रामेछाप जिल्लाको ‘सुनकोशी जलविद्युत् परियोजना’ सम्बन्धि बुधवार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सुनापाती गाउँपालिका–३ का अध्यक्ष ठुलोकान्छा तामाङ र नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरीबीच छलफल भएको हो ।
परियोजनाका लागि त्रिपक्षीय तर्फबाटै सकरात्मक प्रतिक्रिया आएको छ । उनीहरुले परियोजनाका लागि स्थलगत निरीक्षण समेत गरेका छन् ।
छलफल सकरात्मक प्रतिक्रियामा टुङ्गिएसंगै परियोजनालाई अघि बढाइने प्राधिकरणका निर्देशक घिसिङले बताए । यस्तै, उनले परियोजनाका क्रममा बस्तीमा पुग्नसक्ने क्षतिका बारेमा पूर्व सर्तकता अपनाउँदै सोहि तयारी अनुरुप कार्य अघि बढाइने समेत जनाएका छन् ।