Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापति गाउँपालिकामा बेरुजु रकम कम अन्य स्थानिय तहमा बढ्यो

सुनाैलाे पाना  सुनाैलाे पाना
असार ३१, २०७९
in FEATURE, समाचार
0
रामेछाप जिल्लामा आठ वटा स्थानीय तहमा निर्वाचित पालिका प्रमुख,उप-प्रमुख र ६४ वडाका वडा अध्यक्षहरुको नामावली
Share on FacebookShare on Twitter

२०७९ असार ३१- अघिल्लो वर्ष प्रतिशतमा २ दशमलब ८९ प्रतिशत बेरुजु देखिएको सुनापति गाउँपालिकामा यस वर्ष बेरुजु अंक घटेर ० दशमलव ७२ प्रतिशतमा झरेको छ । यस वर्ष महालेखाले ९४ करोड ४६ लाख ७३ हजारको लेखापरिक्षण गर्दा ६७ लाख ८५ हजार अर्थात ० दशमलव ७२ प्रतिशत मात्रै बेरुजु रकम देखाएको छ । महालेखापरीक्षकको कार्यालयले यसबर्ष लेखापरीक्षण गरेका रामेछापका ८ स्थानीय तह मध्ये सबै भन्दा कम बेरुजु आउने स्थानिय तहमा सुनापति गाउँपालिका परेको छ।

गत आर्थिक वर्षकोे तुलनामा रामेछापका स्थानिय तहरुको बेरुजु चालु अब सम्म आईपुग्दा गत बर्षको भन्दा आधा बढीले बेरुजु थपिएको छ । उक्त विवरण महालेखापरीक्षकको ५८औँ लेखापरीक्षणको प्रतिवेदनले सार्वजनिक गरेसंगै रामेछापका सबै स्थानीय तहको बेरुजु १८ करोड ३७ लाख ९७ हजार (१६.४ प्रतिशत) बेरुजु पुगेको विबरण सार्वजनिक भएको हो ।

५९औँ लेखापरीक्षणको प्रतिवेदनमा कुल १० अर्व ९५ करोड २५ लाख ९४ हजारको लेखापरीक्षण गर्दा ३७ करोड ३ लाख ५० हजार रुपैयाँ बेरुजू देखिएको छ । जसको पहिलो नम्बरमा उमाकुण्ड, अन्तिम नम्बरमा सुनापति गाउँपालिकाको नाम दर्ज भएको छ ।

रामेछापको अन्य स्थानिय तहको बेरुजु विवरण निम्न रहेको छ।जसलाई तपसिल बमोजिम थप प्रष्ट्याउने जमर्काे पनि गरिएको छ ।

मन्थली नपा
दुई वटा नगरपालिका मध्ये मन्थली नगरपालिकाको बेरुजु रकम पनि अघिल्लो वर्षको तुलनामा वर्ष बढेको छ । महालेखाको ५८औँ लेखापरीक्षणको प्रतिवेदनले मन्थलीको बेरुजू १ करोड ८९ लाख ६२ हजार अर्थात ० दशमलब ९७ प्रतिशतमा रहेको जनाएको थियो । तर ५९औँ लेखापरिक्षणको प्रतिबेदनमा बेरुजु रकम बढेर १ दशमलव ६५ प्रतिशत पुगेको छ ।
यस वर्ष २ अर्व ७ करोड ६६ लाख ५६ हजारको लेखापरीक्षण हुँदा ३ करोड ४३ लाख ६० हजार अर्थात १ दशमलव ६५ प्रतशित बेरुजु बढेको छ । सरकारले हरेका वर्ष बेरुजु घटाउने भन्दै अभियाननै चालेको छ । तर मन्थली नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ मा बेरुजू रकम घटेको देखिए पनि अघिल्ला दुई वर्षमा लगातार बेरुजु रकम बढेको र यस बर्ष पनि बृद्धि भएको छ ।

रामेछाप नपा
बेरुजु घटाउने कुरा आफनो निति कार्यक्रममानै उल्लेख गरेको रामेछाप नपाले बिगत तीन वर्ष देखि लगातार आफ्नो बेरुजु अंक घटाउँदै लगेको भएपनि यस बर्ष भने रामेछाप नगरपालिकाको बेरुजुको भोलम पनि बढेको छ । उसले आर्थिक वर्ष २०७६÷०७७ मा २ अर्व २ करोड २६ लाख १४ हजारको लेखापरिक्षण गर्दा ६० लाख ४१ हजार आर्थत ० दशमलब ३० प्रतिशत मात्रै बेरुजु आएको थियो । तर, यस वर्ष १ अर्व ७० करोड ५१ लख ३४ हजारको लेखापरिक्षण गर्दा १ करोड ५१ लख ६० हजार अर्थात ० दशमलव ८९ प्रतिशत बेरुजु देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उमाकुण्ड
त्यसैगरि यस अघि पनि बेरुजु धेरै देखिनेमा उमाकुण्ड गाउँपालिका पहिलो नम्बरमा थियो । ५९औँ लेखापरीक्षणमा पनि बेरुजु रकम दोब्बरले बृद्धि गर्दै बेरुजू बढी देखिएको पालिकाको रुपमा उमाकुण्डले आफनो नाम पहिलो नम्बरमै दर्ज गरेको छ ।
सुनापतिमा अघिल्लो वर्ष ९६ करोड ४१ लाख ९९ हजारको लेखापरिक्षण गर्दा ५ करोड २० लाख ४९ हजार (५.४ प्रतिशत) बेरुजू देखिएको थियो । यस वर्ष १ अर्व ७ करोड ४१ लाख ४९ हजारको लेखापरिक्षण गर्दा ११ करोड ७३ लाख ६६ हजार (१०.९३ प्रतिशत) बेरुजू देखिएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष ६ करोड ५३ लाख १७ हजार रुपैयाँ बढी बेरुजु देखिको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खाँडादेवी गापा
आव २०७७÷०७८ मा भएको खाँडादेवी गाउँपालिकाको १ अर्ब ५५ करोड २७ लाख ९३ हजार रुपैयाँको लेखापरीक्षण भएको छ । जसमा ९ करोड २८ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदनमा रामेछापका स्थानीय तह मध्ये बेरुजू बढी देखिने पालिकामा खाँडादेवी गाउँपालिका दोस्रो नम्बरमा परेको र यस वर्ष पनि उसले सोही स्थान ओगट्दै दोस्रो नम्बरमा पर्न सफल भएको छ ।
उक्त पालिकामा अघिल्लो वर्ष १ अर्ब ३१ करोड ६२ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ६७ लाख ४ हजार रुपैयाँ बेरुजू देखिएको थियो । अघिल्लो वर्षको लेखापरीक्षणमा ४ दशमलब ३१ प्रतिशत बेरुजू आएको खाँडादेवीमा यस वर्ष बेरुजुको अंक बढेर ५ दशमलब ९८ प्रतिशत पुगेको पनि प्रतिबेदनले औल्याएको छ ।

लिखुतामाकोशी
आन्तरिक कलह र विवादका कारण विगत दुई वर्ष देखि लेखापरिक्षण हुन नसकेको लिखुतामाकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरिक्षण भएको छ । ५९औँ लेखापरीक्षणको प्रतिवेदनमा लिखुतामाकोशी गाउँपालिकाको ९८ करोड २७ लाख २२ हजारको लेखापरिक्षण गर्दा ४ करोड १७ लाख ४० हजार रुपैयाँ अर्थात ४ दशमलव २५ प्रतिशत बेरुजु दखिएको पनि प्रतिबेदनमा उल्लेख गरिएको छ ।

गोकुलगंगा गापा
गोकुलगंगा गाउँपालिकामा अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर भन्दा बढी अंकले बेरुजु बढेको छ । गोकुलगंगा यस बर्ष बेरुजु बढी आउने पालिकाको छैठौँ स्थानबाट चौथो स्थानमा पुगेको छ । महालेखाको ५९औँ प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको १ अर्व २९ करोड ५४ लाख ४२ हजारको लेखापरिक्षण गर्दा ४ करोड ४६ लाख ५८ हजार अर्थात ३ दशमलव ४५ प्रतिशत बेरुजू देखिएको छ । महालेखाको ५८औँ प्रतिवेदनमा १ अर्व १४ करोड ९२ लाख १८ हजारको लेखापरीक्षण हुँदा ९७ लाख ६२ हजार अर्थात ० दशमलब ८५ प्रतिशत मात्रै बेरुजु रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षणमा केही सुधार देखिएको भएपनि आर्थिक वर्ष २०७७÷०७८ मा यसको बेरुजुको अंक अस्वभाविक रुपमा बृद्धि भएको छ ।

दोरम्बा शैलुङ्ग गापा
दोरम्बा शैलुङ्ग गाउँपालिकाको बेरुजु भने अघिल्लो वर्षको तुलनामा केही प्रतिशतले कमी आएको छ । महालेखाको ५८औँ लेखापरीक्षणको प्रतिवेदनमा दोरम्बा शैलुङ्ग गाउँपालिकाको ९३ करोड ८६ लाख ९६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा बेरुजु रकम १ करोड ५४ लाख ८७ हजार अर्थात १ दशमलब ६ प्रतिशत अँक आएको थियो । यो वर्ष १ अर्व ३२ करोड १० लाख २६ हजारको लेखापरिक्षण गर्दा १ करोड ७४ लाख ३२ हजार अर्थात १ दशमलव ३२ प्रतिशत रकम बेरुजु देखिएको पनि प्रतिबेदनमा उल्लेख गरिएको छ ।

प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम आदिलाई महालेखा परीक्षकको कार्यालयले बेरुज रकमका रुपमा लिने गरेको छ ।

Previous Post

जनयुद्दका सहिदहरु बिष्णु चौलागाईं (अभय ) र निलराज मोक्तान (ड़ेंजोक्पा) को शालिक अनावरण

Next Post

रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. ले साउन १ र २ गते स्वास्थ्य चेक जाँच गर्ने

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
रामेछाप  सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. ले साउन १ र २ गते स्वास्थ्य चेक जाँच गर्ने

रामेछाप सुनापतिको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. ले साउन १ र २ गते स्वास्थ्य चेक जाँच गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist