काठमाडोँ– एक सातासम्म ठप्प भएको काठमाडौँ महानगरपालिकाको फोहोर बिहिवारदेखि उठेको छ । यद्यपि ती फोहोर बोकेका गाडी बञ्चरेडाँडा वासीले फाल्न नदिने भन्दै बीच बाटोमै रोकेका छन् । बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् ।
काठमाडौँ महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार विर्सजनका लागि आज बिहानै बञ्चरेडाँडा जादैँ गरेको महानगरको फोहोर बोकेका ६० वटा गाडी स्थानियले बीच बाटोमै रोकेका हुन् ।
महानगरले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । यद्यपि त्यहाँ स्थानियले सडक निर्माणको काम पुर्ण सकिएपछि मात्रै फोहोर फाल्ने दिने बताउँदै फोहोरका गाडी अवरोध गरेका छन् ।