२०७९ पुष ०७, बिहीवार रामेछाप- रामेछापको सुनापति गाउँपालिका वडा न.४ मा अवस्थित सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि. का अध्यक्ष धर्मगुरु बिमान सिंङ तामाङ (नवङ पाल्देन) को पहलमा ह्याप्पी अल बीइङ र आई बि आर पी नामक कोरियन संस्थाले सुनापति गाउँपालिकाकै वडा न.३ मा रहेको शेरपलिङ महायान बौद्द धर्म अद्ययन केन्द्र गुम्बाका बालबालिकाहरुकोलागी खाद्यान्न तथा नगद सहयोग प्रदान गरिएको छ। बिहीवार तामाङको पहलमा शेरपलिङ महायान बौद्द धर्म अद्ययन केन्द्र गुम्बामा रहेका बुबाआमा नभएका ४१ जना बालबालिका,बालबालिकाहरुको रेखदेख गर्ने २ जना र ३ जना शिक्षक गरि ४६ जनाकोलागि १ लाख ३८ हजार रकम बराबरको सहयोग गरिएको छ जसमध्य ९५ हजार को बिभिन्न खाद्यान्न सामाग्री र बाँकी ४३ हजार नगद हस्तान्तरण गरिएको हो।
शेरपलिङ महायान बौद्द धर्म अद्ययन केन्द्र गुम्बाका संस्थापक अध्यक्ष आले लामा लगायत गुम्बाका अन्य सदस्यसहित बालबालिकाहरुको उपस्थितिमा बिहीवार उक्त सहयोग हस्तान्तरण गरिएको हो।
गत कार्तिक २२ गते मंगलवार ह्याप्पी अल बीइङ नामक कोरियन संस्थाले १ महिनाकोलागि रु.१४१००० सहयोग गरेको थियो भने आई बि आर पी नामक कोरियन संस्थाले रु.४१४००० रुपैँया सहयोग गर्ने जानकारी धर्मगुरु बिमान सिंङ तामाङ (नवङ पाल्देन) ले जानकारी दिएका थिए सोहि अनुरुप यो महिनाको सहयोग हस्तान्तरण गरिएको र अबको २ महिना पनि सहयोग हस्तान्तरण गर्ने धर्मगुरु बिमान सिंङ तामाङ (नवङ पाल्देन) बताउछन। साथै आगामी दिनहरुमा यी बाहेक आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरेका छन।