२०७९ पुस ११ सोमबार काठमाण्डौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँगसँगै देखिएका छन। नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल सँगसँगै देखिएका हुन। शपथ ग्रहणका क्रममा पूर्वप्रधानमन्त्रीहरुका लागि व्यवस्था गरिएको कुर्सीमा उनीहरु सँगै बसेपनि भलाकुसारी गरेको भने देखिएन।
नेकपा एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी बनाएपछि दुई नेताबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएको छ। उनीहरुले मञ्च सेयर समेत बिरलै गर्ने गरेका छन।