२३ असोज, २०८० काठमाण्डौ- मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईले आफुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई ८ देखि १० करोडसम्म खर्च गरेको दाबी गरेका छन् । तर त्यस बापत एमाले र माओवादी दुबै पार्टीबाट केही पनि नलिएको बताएका छन् ।
आफुले केपी शर्मा ओलीलाई हेलिकप्टरमा चडाउदा र पचाँस औं हजार कार्यकर्ताहरु पार्टी प्रवेश गराउदा आफुलाई ठिक ठान्ने तर भ्रष्टाचारीहरुसंग मिल्नु भो भनेर सत्य कुरा गर्दा आफुलाई मानसिक अन्तुलन गुमेको भन्ने आरोप लगाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।
तत्कालिन नेकपा हुदा पार्टी बिभाजनको बेला केपी शर्मा ओलीले बोलाएर प्रचण्डलाई सम्झाई दिनु भनेर आफुलाई अनुरोध गरेको समेत उनले दाबी गरे । केपी शर्मा ओलीले नेपालको संबिधानबाटै धर्म निरपेक्षा हटाएर धर्म सापेक्षा र राजसंस्था नै गार्जेनको रुपमा चाहिएको भनेर आफुलाई बताएको तर यदि होइन भन्ने लाग्छ भने अगाडि आएर डिबेट गर्न चुनौति समेत दिएका छन् ।
हिजो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भने, हाम्रा हजुरबुबाले एउटा कुरा बुझनुस् कि, हजुरबुबाको घरमा जादा एक कप चिया खाए होला रातो चिया है, आज त्यो एमाले पार्टीको लागि ८,१० करोड खर्च गरे, मैले हजुर बुबाबाट केही लिएको छैन् । माओवादीका लागि त्यति नै खर्च गरे माओवादीबाट केही लिएको थिइन । मेरो एउटा, एक थान ऐफिलेसन होनि त, यिनीहरुले दिए त मलाई ? मेरो के गुलियो न सुलियो ? मलाई एमालेको कार्यकर्ता, राजा ल्याउ भन्ने उहाँ नै हो । हिन्दुराज्य चाहिन्छ भन्ने उहाँ नै हो । अहिले अगाडि ल्याएर डिबेट गरौं न । ति बाङ्गा औला देखाएर नाति, यो के अरे त्यसको नाम ? हिन्दुराज्य चाहि भनि नहालौं धर्म सापेक्षा मुलुक भनौं, मलाई धर्म सापेक्षा भनेको पनि के हो ? थाहा थिएन । धर्म सापेक्षा भनेको सबै धर्म मान्ने हिन्दु नै हो । अनि संबिधानबाट धर्म निरपेक्षा हटाएपछि भइगयो नि नाति, राजसंस्था त चाहिने रैछ ‘गार्जेन’को रुपमा नाति भन्ने उहाँ नै हो । मेरो अगाडि ल्याउनुन पशुपतिमा छिरौं न, त्यो जलहरी हालेको पशुपति छिरौं त उहाँले हालेको जलहरी छिरौं त । त्यसले गर्दा खेरी उहाँ देखि चाही दया लागेर आउँछ मलाई । उहाँले त पार्टी पनि सिध्याउनु भो, आफुपनि सिध्धिनु भो, अहिले कता पूर्वतिर गित्तार र सारंङ्गी बजाउनु हुदैछ ।
उनी कुनै बेला माओवादी केन्द्रमा आबद्ध र अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निकट व्यवसायीका रुपमा परिचित थिए । र पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउन पहिलो पटक केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई संगै (डिनर) पार्टीसंगै पार्टी एकताका लागि वार्ता गराएका थिए ।
तर पछि नेकपा बिभाजन पछि उनले माओवादी केन्द्र छाडेर केपी शर्मा ओलीसंगै एमालेतिर लागे र महाधिवेशमा एमालेको केन्द्रीय सदस्य सम्म बन्न सफल भए तर आम निर्वाचनमा झापाको कुनै निर्वाचन क्षेत्रबाट उठ्न लागि टिकट लिने कोशिस गर्दा असफल भएपछि उनले स्वतन्त्र अभियान भन्दै राजसंस्था र हिन्दुराष्ट्र एजेन्डा सहित देशदौडाहमा निस्किएर बिभिन्न कार्यक्रम गर्न थालेपछि एमालेले उनलाई केन्द्रीय सदस्यबाट हटाउदै कारवाही गरेको थियो ।