काठमाडौं—नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ९१ , ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय जना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म ९९ हजार ८ सय ४० जना संक्रमित निको भैसकेका छन् ।
देशभर गरेर ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।