काठमाडौं : हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । गजुरेलले सामाजिक सञ्जाल मार्फत आफूले दोस्रो विवाह गरेको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा तस्विर पोस्ट गर्दै आफूले दोस्रो विवाह गरेको उल्लेख गरेका छन् ।
‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबुनानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्तत : सहयात्रा गर्ने निर्णयमा पुग्यौ’ उनले लेखेका छन् ।
मनोज र पूर्वपत्नी मीनाबीच लामो वैवाहिक जिवन चारवर्षअघि नै टुंगिएको थियो। उनीहरुको चारवर्षअघि कानूनीरुपमा सम्बन्ध विच्छेद भएको थियो ।