काठमाडौं : शनिबार थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७ सय ६० जना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ।
त्यसो त हाल नेपालमा १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।