काठमाडौं : फिल्म ‘म राजेश हमाल’को छायांकन सकिएको छ । ‘म राजेश हमाल’को छायांकन ५० दिनमा सकिएको निर्माता केदार भुसालले बताएका छन् ।
अभिनेता राजेश हमालको बायोग्राफीमा फिल्म निर्माण नभएको समेत निर्माता भुसालले जानकारी दिए । उक्त फिल्मको छायांकन धनगढी र कन्चनपुर लगायतको स्थानमा गरिएको छ ।
फिल्ममा जोन योञ्जनको कथा, जोन र शायद कार्कीको पटकथा, आलोक शुक्लाको छायांकन र भीम विश्वकर्माको सम्पादन रहेको छ ।
यस फिल्ममा आर्यन सिक्देल, सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवन राज उप्रेती, प्रविन खतिवडा, सञ्जोग रसाइली, अस्मिता लामिछाने लगायतको भुमिका रहेको छ ।













