काठमाडौं : अभिनेता राजेश हमालको स्वरमा ‘मन बुढो भएन’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीतमा राजेशले पहिलोपटक गीत गाएका हुन् ।
बुधवार राजधानीमा एक कार्यक्रमबीच राजेश हमालको गीत सार्वजनिक गरिएको हो । देवेन्द्र पाण्डेले निर्देशन गरेको गीतमा राजेश हमाल र रेश्मा घिमिरेको अभिनय रहेको छ । गीतमा हमालसँगै गायक सुवास पुरी र गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलले स्वर दिएका छन् ।
उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।