विश्व प्रसिद्ध भारतीय चर्चित गायिका लता मंगेशकरको आइतबार निधन भयो । पुरै संगीतिक क्षेत्रलाई नै गायिका मंगेशकरको निधनले स्तब्ध बनायो ।
उनले हिन्दी, नेपाली गीतहरु मात्र नभएर थुप्रै भाषाका गीतहरुमा स्वर भरेकी छिन् । त्यसमध्य ‘मेरे नैना’ बोलको गीत पनि एक हो । यहि गीत गाँउदै अन्जु पन्तले लतालाई श्रद्धाञ्जली दिएकी छिन् ।
अन्जु पन्तले ‘मेरे नैना’ बोलको गीतको कभर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै लेखेकी छन् “संगीत इतिहासको एक धरोहर आदरणीय लता मंगेसकरको निधनको खवरले स्तब्ध बनायो । विश्वले उहाँको सांगीतिक योगदानलाई कहिल्यै भुल्ने छैन । संयोग पनि कस्तो हुँदो रैछ, दुई दिन अघि मात्र मेरो श्रीमानले यो गीत गाउन अनुरोध गर्नु भयो अनि मैले रेकर्ड गरेँ । आज त्यही गीत लताजी को सम्झना र सम्मानस्वरुप यहाँहरुमाझ ल्याएकी छु । उहाँप्रति हार्दिक श्रदान्जली ।’