आज फ्राइडे रिलिजमा नेपाली बहुप्रतिक्षित फिल्म ‘कबड्डी-४’ प्रदर्शनमा आएको छ ।
रामबाबू गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मुख्य भुमिका रहेको छ ।
यस अघि कबड्डीको तीनवटा सिरिजलाई दर्शकले निकै रुचाएका थिए । उक्त सिरिजले नेपाली बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।
फिल्ममा दयाहाङ, मिरुना र सौगातसंगै विजय बराल, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ लगायतको अभिनय छ ।