काठमाडौँ – नेकपा माओवादी केन्द्र, रामेछापका नेता डिल्लीमान तामाङले न्यायका लागि लड्ने जनप्रतिनिधि भएकोले माओवादीको जित निश्चित रहेको उनले दावी गरेका छन्। सुनापतिको दिमीपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि पुगेर जनहितका लागि १५ वर्षमा के कति विकास गर्यौं गाथा पल्टाएर हिड्न सकिन्छ।’
सुनापतिलाई विकासतर्फ लाने माओवादी नै रहेको बताउदै आफु पनि गाउँपालिकाको विकास निर्माणको लागि हरदम तयार रहेको प्रतिबद्दता उनको छ।
नेता तामाङले कसैको प्रलोभनमा नलागी स्वार्थभन्दा माथि उठेर हिजोका दिनमा काम गर्दै आएको र प्रगतिशिलबाटोमा गाउँपालिकालाई लाने लक्ष्य बोकेको माओवादी जनप्रतिनिधिलाई जिताउन आग्रह समेत गरेका छन्।