काठमाडौँ – कुनै पनि प्रलोभनमा नपरी सुनापतिको विकासको लागि नेकपा माओवादी केन्द्रलाई भोट दिनु प्रत्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङले आग्रह गरेका छन्। गाउँपालिकाको वडा नम्बर २मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने, ‘विपक्ष पार्टीले आफुले जित्ने भनेर झुठो आश्वासन देखाइ प्रलोभन देखाइरहेको सुनिएको छ, त्यो प्रलोभनमा नपरौं। भ्रमको खेती गर्नेको पछि नलगाउ।’
पहिला पनि माओवादीले नै यहाँ विकास गरेको हो अब पनि हाम्रै पार्टीले जनताको हकहितका लागि लड्ने उनको भनाइ छ ।
गाउँपालिकाबासीले नेकपा (माओवादी केन्द्र) कै उम्मेदवारहरुलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेको र जनताले चाहे अनुरुपनै आफुहरु जप्रतिनिधि भएर जनताको सेवा र समग्र सुनापतिको विकासको निम्ति सुनापति जनताले अत्यधिक बहुमत दिएर सिङ्गो सुनापति गाउँपालिकाको सम्पूर्ण सिटमा एकलौटी बिजयी गराउनेमा आफुहरु विश्वस्त रहेको नेकपा (माओवादी केन्द्र) बाट पालिका अध्यक्षको उम्मेदवार रहेका ठुलोकान्छा तामाङले सुनौलोपानालाई बताए।