काठमाडौँ – स्थानीय चुनावका दिन अत्यावश्यक सेवाका सवारी साधनलाई पास नचाहिने भएको छ । आयोगले एक विज्ञप्ति जारी गरी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको दिन अत्यावश्यक सेवाका सवारी साधनलाई पास नचाहिने जनाएको हो ।
आयोगका अनुसार निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी खानेपानीको ट्यांकर, स्वास्थ्यकर्मीको सवारी, शववाहन, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, फोहरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुनपर्ने छैन।
त्यस्तैगरी मंगलबार राति १२ बजेदेखि चुनाव कार्यक्रम समापन नहुने समयसम्मका लागि तोकिएका क्षेत्रमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय पनि आयाेगले गरेको छ।