रामेछाप । विगत १५ वर्षदेखि हरेक विकास निर्माणका कामदेखि हरेक समस्याहरु झेल्दै जनताको घर आँगनमा पुगेर आफूले काम गरेको नेकपा माओवादी केन्द्रबाट सुनापति गाँउपालिका वडा न.२ का वडा अध्यक्ष उम्मेदवार पदम थापा मगरले बताए ।
स्थानीय तह निवार्चनको पूर्वसन्ध्यामा सुनापतिको दिमिपोखरीमा आयोजिक चुनावी कार्यक्रममा बोल्दै उनले १५ वर्षदेखि हरेक विकास निर्माणका कामदेखि विभिन्न समस्याहरु झेल्दै जनताको घर आँगनमा पुगेर आफूले काम गरेको बताएका हुन् ।
उनले भने ‘ जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु । त्यसैले म कुरा भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दछु । धेरै चुनौती र समस्याहरु पर्दा पनि हामीहरुले सहजै पार गर्दै आएका छौ । यसअर्थमा हरसमय हरपल जनाताको घरदैलोमा छौं । म १५ वर्षदेखि हरेक विकास निर्माणको कामदेखि हरेक समस्याहरु झेल्दै यहि भूमीमा जनाताको घर आँगनमा पुगेर काम गरिरहेको छु ।’
साथै माओवादीको विपक्षमा उठने उम्मेदवारलाई आफ्नो पार्टीसँग हातेमालो गर्न उनले आग्रह गरे ।
उनले भने ‘हाम्रो विपक्षमा उठने वडा अध्यक्ष साथीहरुलाई के भन्न चाहन्छु भने तपाईहरु वडा अध्यक्षमा आँउदै हुुनुहुन्छ भने हामीसँग आएर हातेमालो गर्नुस । हामीसँग दुईचार वर्ष काम गर्न सिक्नुस अनि मात्र तपाईहरु यो भूमिको निम्ति सक्षम भएर आउनु हुनेछ ।’