रामेछाप – एसईई परीक्षामा ४ जिपीए ल्याउने विद्यार्थीलाई सुनापति गाउँपालिकाले सम्मान गरेकाे छ । गाउँपालिका-४, डहुस्थित सामुदायिक विद्यालय श्री डहु माध्यमिक विद्यालयबाट एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाइ पालिकाले सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष ठूलाेकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट तथा प्रमुख प्रशासकीय प्रमुख कमलराज श्रेष्ठले बधाई दिँदै उक्त दुई विद्यार्थीलाई सम्मानपत्र हस्तान्तरण गरेका छन्।
साे अवसरमा अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक तथा डहु विद्यालयलाई पनि पालिकाले सम्मान गरेको थियो ।