१९ साउन, २०७९ काठमाण्डौ-काठमाण्डौमा बुधबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाण्डौ स्रोतले जानकारी दियो।
अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन।
उनीहरूले चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रहरी परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बताएको छ।