काठमाडौं : सोमबार १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । १ हजार ८ सय ७४ जनाको परीक्षण गर्दा ८ सय १२ जनामा पीसीआर परीक्षणका क्रममा र २ सय १८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो ।
यसैगरि कोरोना संक्रमणका कारण थप सोमबार १० जनाको मृत्य भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ७४ पुगेको छ । हालसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६०६ पुगेको छ ।
त्यसो त पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५ सय ४८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । हालसम्म देशभर ६३ लाख ८४ हजार १ सय ७२ जनाले कोरोनाविरुद्ध खोपको लगाइसकेका छन् ।