काठमाडौं : युवा ज्योतिष हरिहर अधिकारी अभिनित ‘जय जय निलकण्ठ’ बोलको भजन सार्वजनिक भएको छ । गायक सुगम पोखरेलको स्वर रहेको उक्त भजनमा हरिहरको शब्द रहेको छ भने विशाल निरौलाले संगीत भरेका छन् l
अभिनेत्री निता ढुंगनाले निर्देशन गरेको यस भजनमा स्वयम् निता र हरिहर फिचर्ड छन् । भजनमा सञ्जय लामाको छायाङ्कन रहेको छ भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । यसअघि निताले गणेश भजन सार्वजनिक गरेकी थिइन् । गणेश भजनमा निताकै स्वर रहेको छ ।